भक्तपुरका स्काउटरलाई बधाइ तथा अभिमुखिकरण

0
1294

भक्तपुर । भक्तपुरमा नयाँ स्काउटरलाई स्वागत तथा सहायक राष्ट्रिय लिडर एव रोभर रेञ्जर लिडर तालिम प्राप्त लिडरहरुलाई बधाई कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल स्काउट भक्तपुरका ख्वप्रिङ्ग ओपन रोभर रेञ्जर क््रयु र निओ फ्युजन ओपन रोभर रेञ्जर क््रयुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि निवर्तमान तथा तत्कालिन जिल्ला आयुक्त रामगोपाल कर्माचार्यले व्यवहारिक शिक्षा अहिलेको युवाहरुलाई निकै महत्वपूर्ण भएकोे बताउनु भयो । उहाँले बोल्ने, लेख्ने जानेर मात्र जीवन सार्थकता नहुने भन्दै गर्ने कुरा पनि महत्व भएको बताउनु हँुदै समयले सबैलाई मौका दिन्छ राम्रो र असल काम गर्न त्यो समयमा ध्यान दिन नसक्दा जीवनमा कयौं बाध्या पुग्ने बताउनु हुँदै प्रमाण पत्र धारीहरुले भन्दा व्यवहारिक सीप क्षमता भएकाहरुले नै समाजप्रतिको जिम्मेवार भएको बताउनु भयो ।

कार्यक्रमका अतिथि बागमति प्रदेशका सदस्य अच्युट प्रजापतिले समय तालिका बनाई निरन्तर रुपमा काम र कर्तव्य गर्ने जो कोहि पनि असफल भएको बताउनु भयो । हाल स्काउटिङ्गले प्राविधिक रुपमा आफ्ना डकुमेटेन गर्न लागेकाले हिजोका दिनहरुमा भन्दा सबै जिल्लामा तरुन्त आफ्ना कुरा पुग्ने तथा समयमै काम हुने भएको बताउनु भयो । समाजका नवयुवकलाई शैक्षिक तथा सामाजिक उत्तरदायित्व बहन गर्न स्काउटले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।

कार्यक्रकका सभापति रोभर लिडर कृष्णसुन्दर प्रजापतिले जीवन भोगाईले उत्कृष्ट ज्ञान हासिल हुने र व्यवहारिक शिक्षालाई मदत गर्न स्काउटिङ्गले थप इट्टा कुरामा विशास गरेको भन्दै समाजिक स्वयम सेवकमा व्यवहारिक भुमिका निर्वाह गर्ने बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथिज्युले थ्री बिट होल्डर कृष्णसुन्दर प्रजापतिलाई बधाई दिनुभएको थियो । कार्यक्रममा रोभर लिडर बालकृष्ण बनमाला, रेञ्जर नीरस थुयाजु र सरला लवजूले पनि बोल्नु भएको थियो । कार्यधक्रममा २७ जना नयाँ स्काउटलाई स्वागत गरिएको थियो ।