विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

0
1109

काठमाडौँ। सरकारले देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले सिफारिस गरेको छ ।

यसअघि सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले सोमबारदेखि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । यससँगै अव विद्यालय तथा शिक्षण संस्थाहरूले भर्चुअल तथा वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्नेछ ।

बैठकले पहाडी-हिमाली जिल्लामा २०० र उपत्यकाका साथै तराई–मधेस तथा हकमा ५०० बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्न सक्ने निर्णय पनि गरेको छ ।