भक्तपुरका सहकारी विहान १० बजेसम्म सञ्चालन हुने

0
898

भक्तपुर । भक्तपुरका सहकारी संस्थाहरु विहान १० बजेसम्ममा मात्र सञ्चालन हुने भएका छन्। नगरपालिका क्षेत्रभित्र सञ्चालित सबै सहकारी संस्थाहरुले दैनिक बिहान ७ बजेदेखि १० बजेसम्म कार्यालय सञ्चालन गरी अत्यावश्यक सेवामात्र प्रदान गर्ने भएका छन्।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको सभाकक्षमा भक्तपुर जिल्लास्थित सहकारीकर्मीहरुसँग शुक्रबार बैठक बसेर निर्णय भएको बताए। नगरप्रमख प्रजापतिले विश्वव्यापी महामारीको रुपमा पैmलिएको कोभिड–१९ को दोस्रो लहर अहिले भक्तपुरमा पनि जनस्तरमा फैलने जोखिम बढिरहेको बताए।

उनले नगरपालिकास्तरीय विपद् व्यवस्थापन केन्द्रबाट निर्णय भएबमोजिम भक्तपुर नगरपालिकाले कोभिड–१९ रोकथामका लागि नियमित माइकिङ, विभिन्न एफएमलगायत सामाजिक सञ्जालबाट निरन्तर सूचना दिइरहेको जानकारी दिए।

नगरपालिका क्षेत्रभित्र क्रियाशील सबै सहकारी संस्थाहरुमार्फत आ–आफ्ना सदस्य तथा सर्वसाधारणमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन जनचेतनामूलक गतिविधिका लागि उनले आग्रह गरेका छन्।

यस्तै विवाह, ब्रतबन्ध, चाडपर्व, मेलालगायत सामाजिक साँस्कृतिक क्रियाकलापमा भीडभाड नगर्न तथा जिल्ला प्रशासन कार्यालयसँग स्वीकृति लिन नगरपालिकाले अनुरोध गरेको छ। सहकारी संस्थाहरुबाट हुने बैठक, भेला, तालिम तथा गोष्ठीहरु प्रत्यक्ष उपस्थितिमा नगरी विद्युतीय अनलाईनबाट गर्न प्रमुख प्रजापतिले अनुरोध गरेका छन्।