भारतका प्रख्यात इन्जिनियर मोक्षगुंडम विश्वेश्वरैयाको जन्म कर्नाटकको कोलार जिल्लाको चिक्काबल्लापुर तालुकामा भएको थियो । विश्वेश्वरैयालाई भारतको प्रविधि क्षेत्रको जनक भनिएको छ । उनी इमानदार, परिश्रमी, त्यागी आदि जस्ता सद्गुणले सम्पन्न थिए । उनी भन्ने गर्थे, ‘काम जेसुकै होस्, सही तरिकाले गरिएको छ भने त्यो अरुको कामभन्दा श्रेष्ठ छ ।’
विश्वेश्वरैयाले आफ्नो आत्म कथामा इन्जिनियरिङ पढ्दा आफूले भोग्नु परेको कठिन परिस्थितिको बारेमा लेखेका छन् । उनका अनुसार जस्तोसुकै परिस्थिति आए पनि उनी कहिल्यै निराश भएनन् ।
उनले आफ्नो आत्म कथामा, ती सिद्धान्तहरूलाई हाइलाइट गरेका छन्, जहाँ उनले आफ्नो जीवनमा कठिन परिस्थितिको सामना गर्दा पनि हार नखाएको कुरा उल्लेख गरेका छन् । यस पुस्तकको नाम ‘मेरो जीवनको संस्मरण’ हो ।
यस पुस्तकमा उनी लेख्छन्, ‘मैले चार सिद्धान्तहरूलाई सुरुदेखि अन्त्यसम्म पालन गरें । जो म जस्तो सफल र उद्देश्यपूर्ण जीवन बिताउन चाहन्छन्, म तिनीहरूलाई ती सिद्धान्तहरूको सम्झना गराउन चाहन्छु र म अनुरोध गर्दछु कि म जस्तै अरूले पनि तिनीहरूलाई अपनाउने प्रयास गरुन् ।’
उनका चार सिद्दान्त यसप्रकार रहेका छन्:
१. लगनले काम गर्नुहोस् । मेहनतबाट पछि नहट्नुहोस् । आराम गर्न कडा मेहनत पछि नै आनन्द आउँछ ।
२. निर्धारित कामका लागि समय तय गर्नुहोस् । समयमै काम गर्ने बानीले काम धेरै र राम्रो हुन्छ । यदि यसो गरेनौँ भने कामको अवधि बढिरहन्छ र काम पुरा हुन समय लाग्छ या हुँदैन ।
४. अहंकारी नबनौँ । नम्र स्वाभावको हुनुहोस् र साथीहरुसँग मिलेर काम गर्ने बानी बसाल्नुहोस् ।
विश्वेश्वरैयालाई भारतको सर्वोच्च सम्मान ‘भारत रत्न’ बाट सम्मानित गरिएको थियो । उनी सय वर्ष पुगेपछि सरकारले डाक टिकट जारी गरेर अझ उनीप्रति सम्मान जनाएको थियो । उनी १०१ वर्षको उमेरमा सन् १९६२ मा स्वर्गवास भएका थिए ।