निषेधाज्ञाको बिच भक्तपुरमा आकस्मिक रक्तदान

0
995

भक्तपुर,२०७८ वैशाख २२ । कोरोना भइरसको माहमारी संगै निषेधाज्ञाका विचमा पनि भक्तपुरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

माहमारी विचमा पनि रगत अभाव नहोस भन्ने हेतुले नेपाली कांग्रेस खेलकुद विभाग र नेपाल तरुण दलको संयुक्त आयोजनामा भक्तपुरमा रक्तदान कार्यक्रम भएकोे हो ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति जीवन खत्रीले उद्धाटन गरेको उक्त रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेको थियो ।

कोरोना भइरसको महामारी विचमा पनि रगत अभाव नहोस् भनेर सामाजिक दुरी र अनिर्वाय माक्सको व्यवस्था सहित रक्तदान कार्यक्रम गरेको आयोजनक समितिका सदस्य राजू पुरीले जानकारी गराएको छ ।