भक्तपुर । न्यूरो अस्पतालमा उपचारको क्रममा बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । सास फेर्न गाह्रो हुने र छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको अस्पताल पुर्याइएको थियो ।
पारिवारिक श्रोतका अनुसार बिहीबार बिहान सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा भर्ना गरिएको उनको विहीबार निधन हो । ८४ वर्षीय प्रधानको स्वास्थ्यमा समस्या देखिएपछि १२ दिनदेखि सोही अस्पतालमा उपचाररत थिए । प्रधानलाई कोभिड संक्रमणको आशंका गरिएपनि रिपोर्ट नेगेटिभ आएको थियो ।
वि.सं. १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका गायक प्रधानको ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’लगायतका थुप्रै गीतहरु लोकप्रिय छन्। एक ताका गायक प्रधानलाई निक्कै चर्चित र स्टाइलिस गायकका रुपमा समेत परिचित थिए ।
गायक प्रधानले नेपालको पहिलो व्यवसायिक चलचित्र माईतीघर मा नमान लाज यसरी’ गीत भारतीय गायिका उषा मङ्गेशकरसंग गाएका थिए ।