काठमाडौं, २०७८ वैशाख २४। कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै स्वाब संकलन गरिएको हो । बालुवाटारमा प्रधानमन्त्री, उनका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसद बैठक डाकिएकाले यसअघि नै प्रतिनिधिसभा सांसदहरुको समेत कोरोना परीक्षण गरिसकिएका छन् ।