भक्तपुर, २०७८ वैशाख २४। नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार १ सय ९६ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या ३ लाख ७७ हजार ६सय ३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ९५ हजार ३ सय ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५० जनाको मृत्यु भएको यो सँगै कुल मृतक सङ्ख्या ३ हजार ५ सय ७९ पुगेको छ ।
हाल सक्रिय सङ्क्रमित सङ्ख्या ७८ हजार ६ सय ८९ पुगेको छ । काठमाडौंमा मात्रै ३ हजार २९ जना नयाँ सङ्क्रमित थपिएका छन् भने, भक्तपुरमा ३ सय ७४ र ललितपुरमा ६ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको छ । हाल ७ सय २८ जनाको आइसियु र २ सय ३१ जनाको गम्भीर अवस्थामा भेन्टिलेटरमा उपचार भइरहेको छ ।