भक्तपुर,२०७८ वैशाख २४ । नेपालमा गोरखापत्र प्रकाशनको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसको रुपमा मनाउने गरिएको छ ।
विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन सुरु भएको थियो । यस वर्षदेखि राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउन सुरु गरेको थियो। कोरोना भाइरसको समय भन्दा अघिल्लो वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी दिवस भव्यरुपमा मनाइएको थियो।
सरकारले राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेसँगै वैशाख २४ आम नेपाली पत्रकारिता क्षेत्रको महत्वपुर्ण दिन बनेको हो। हरेक वर्ष विविध कार्यक्रमका साथ यो दिवस मनाइदै आइएको दिवश यो वर्ष कोरोना भाईरसको कारण गतिविधि बन्द गरेको हो ।
यो विषम परिस्थितिमा २५ सञ्चार गृहका ९१ पत्रकारमा कोरोना सङ्क्रमण देखिएको छ । अति आवश्यक बाहेक घरबाटै नै पत्रकार साथीहरुले काम गरिरहेको छ । फिल्डमै खटिनुपर्ने अथवा कार्यालय जानैपर्ने अवस्था भएका पत्रकार साथीहरुले स्वास्थ्य सामग्रीको प्रयोग गरि फिल्डमा खटिएको छ ।
यस्तो कोरोना महामारि विच अग्र भुमिकामा खटिनुहुर्ने सम्पुर्ण पत्रकार साथीहरुलाई राष्ट्रिय पत्रकारिकता दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस्तो विषम परिस्थितिमा सत्य तथ्य समाचार संकलन गरि जनता माफ सकारात्म सन्देश दिन सकोस भनि शुभकामना व्यक्त गर्दछु ।