भक्तपुर,२०७८ वैशाख । भक्तपुरमा कोरोना संक्रमितलाई अस्पातालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकसाथ दुई जनाको मुत्यु भएको छ ।
भक्तपुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।अस्पतालले अक्सिजन नभएको भन्दै गएराति करिब ९ बजेको समयमा जवर्जस्ती भेन्टिलेटरबाट निकालेको केहि मिनेटमै एक ४९ वर्षीय पुरुषको ज्यान गएको आफन्तले जानकारी गराएका छन् ।
भक्तपुरका अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको उनको भनाइ थियो । उनले उक्त अस्पतालले भर्ना भएका बिरामीलाई अक्सिजन सकिन लागेकाले अन्यत्र लैजान बिरामीका परिवारलाई भनेपछि अस्पताल खोज्दाखोज्दै मृत्यु भएको जानकारी दिए । एकदमै गम्भीर अवस्थामा रहेका बिरामीलाई अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था नगरी उपचार गर्दा बिरामीको ज्यान गएको मृतकका परिवारले बताएका छन् ।