नेपालमा ८ हजार ४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

0
807

काठमाडौँ, २५ बैशाख २०७८ l  नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार २८७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१७ हजार ३१५ जनाको पीसीआर र ९८९ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै  कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ३९८ जना र सक्रिय संक्रमित ८३ हजार ४९३ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।