राष्ट्रिय सभा निर्वाचनमा बादल र तामाङसँगै देवकोटाले दिए उम्मेदवारी

0
1433

भक्तपुर,२०७८ वैशाख २५ । जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । यस पदका लागि सत्तारुढ दल एमालेबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले उम्मेदवारी दिएका छन् ।

विपक्षी दल कांग्रेस, माओवादी लगायतको पक्षबाट खिमलाल देवकोटाले उम्मेदवारी दिएका छन् । राष्ट्रियसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पनि उम्मेदवारी दर्ता गराएको छन् ।

काभ्रेका कृष्णबहादुर तामाङलाई राष्ट्रियसभा सदस्यको उम्मेदवारका रुपमा उभ्याएका छन् । उनी नेमकिपाका बैकल्पिक केन्द्रीय सदस्य हुन् ।

नेमकिपाका उम्मेदवार आफूलाई जित र हारसँग सरोकार नरहेको प्रष्ट पारेका हुन् । उम्मेदवारी दर्ता गराएसँगै तामाङले हारजित जे भए पनि आफू पार्टीको निर्देशन अनुसार चल्ने बताए । पार्टीको निर्देशन अनुसार आफूले उम्मेदवारी दिएको भन्दै देश र जनताको लागि काम गर्ने प्रतिवद्धता उनले जनाए ।

गृहमन्त्री थापाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । उनले बागमती प्रदेशमा भएकोे ९ हजार ५६४ मतमध्ये पाँच हजार १३० मत एमालेको रहेको भन्दै जित सुनिश्चत रहेकोे दाबी गरेका हुन् ।

विपक्षी दल कांग्रेस, माओवादी लगायतको पक्षबाट उम्मेदवारी दिएका डा।देवकोटाले आफ्नो पछाडि नेकपा माओवादी केन्द्र र कांग्रेस मात्र होइन, सिंगो मुलक नै साथमा रहेको बताए । अहिले संविधान र व्यवस्थालाई सरकारले धेरै कमजोर बनाएको उनले आरोप छ ।