विराटनगर । पछिल्लो १२ घण्टामा सुनसरी र मोरङका कोभिड अस्पताल तथा होम आइसोलेसनमा रहेका ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा शुक्रबार राति धरान ३ का ६४ वर्षीय उद्योगीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने सोही अस्पतालमा विराटनगर महानगरपालिका–५ की ५२ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।
मृतक धरानका उद्यगीलाई वैशाख १७ गते कोरोना पोजेटिभ देखिएपछि अस्पतनल भर्ना गरिको थियो । उनी भारतको नयाँ दिल्लीमा आन्द्राको अप्रेसन गरेर फर्किएपछि कोरोना पोजेटिभ देखिएको थियो ।
२४ गते कोरोना पोजेटिभ पुष्टि भएपछि सोही दिन उपचार केन्द्रमा भर्ना भएका उनको २५ गते विहन राति मृत्यु भएको केन्द्रले जनाएको छ । उच्च रक्तचाप र मधुमेहका विरामी रहेका उनलाई श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना गरिएको थियो ।
त्यसैगरी मोरङको कटहरी गाँउपालिका–२ की ९१ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । उनको वैशाख २२ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई होम आइसोलेसनमा राखिएको थियो एक्कासि स्वास प्रश्वासमा समस्या आएपछि अस्पताल लैजाने तयारी गर्दागर्दै उनको शुक्रबार राति मृत्यु भएको हो ।
बुटवल घर भएका ५१ वर्षीय एक पुरुषको पनि विराटनगरमा गएराति मृत्यु भएको छ । विराटनगर महानगरपालिका–९ मा डेरा गरी बस्दै आएका उक्त पुरुषको स्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार श्वाब संकलन गरिएको थियो । मृत्यु भएपछि शनिवार पोजेटिभ रिपोर्ट आएको हो ।
यसै गरि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पञ्चकन्या १ तेह्रथुमकी २० वर्षीया एक महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएर बैशाख १७ गते अस्पताल भर्ना भएकी उनको वैशाख १९ गते पीसीआर पोजेटिभ देखिएको थियो ।