हाल सम्म विश्वमा कोरोना भाईरसको स्थिति

0
1218

काठमाडौं । विश्वमा आज सम्म १५ करोड ७५ लाख ३० हजार ७ सय २९ जनालाई कोरोना सक्रमण भएको छ । त्यसमा निको हुनेको संख्या भने १३ करोड ४९ लाख ५४ हजार ९ सय ४७ जनाको निको भएर घर फर्केका छन् । त्यस्तै मुत्यु हुनेको संख्या भने ३२ लाख ८३ हजार ७ सय २७ पुगेको छ ।

त्यस्तै विश्वमा अहिले सम्म अमेरिका उच्च स्थानमा छ भने भारत दोस्रो स्थानमा रहेको छ । त्यस्तै बाजिल तेस्रो ,फ्रान्स चौथो स्थानमा छ भने नेपाल ४७ औं स्थानमा रहेको छ ।

अमेरिकामा हाल सम्म कोरोना भाईरस संक्रमिनको संख्या ३ करोड ३४ लाख १८ हजार ८ सय २६ पुगेको छ भने निको हुँनेको संख्या २ करोड ६३ लाख २४ हजार ७ सय ५७ पुगेको भने मुत्यु हुनेमा ५ लाख ९४ हजार ९ सय ११ पुगेको छ ।
त्यस्तै दोस्रो स्थानमा रहेको भारतमा भने २ करोड १८ लाख ८६ हजार ६ सय ११ संक्रमित , १ करोड ७९ लाख १७ हजार ८५ जना निको भएर भएको छ भने मुत्यु हुनेमा २ लाख ३८ हजार २ सय ६५ रहेको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेको बाजिलमा पनि १ करोड ५०लाख ८७ हजार ३ सय ६० संक्रमित, १ करोड ३६ लाख ४० हजार ४ सय ७८ जना निको भएको छ भने हाल सम्म मुत्यु हुनेको संख्या ४ लाख १९ हजार ३ सय ९३ जना पुगेको छ ।

नेपालमा भने २ लाख ७७ हजार ६ सय ३ जना संक्रमित भएको छ भने २ लाख ९५ हजार ३ सय ९५जना निको भएको छ । त्यस्तै हाल सम्म ३ हजार ५सय ७९ जनाको मुत्य् भइसकेको छ ।