काठमाडौं । संघीय संसदका १९ सांसदमा कोरोना संक्रमण देखिएको छ। यही वैशाख २२, २३ र २४ गते गरिएको परीक्षणमा राष्ट्रिय सभाका १ सहित १९ सांसदमा संक्रमण देखिएको हो।
२०५ सांसद र कर्मचारी तथा अन्य १०३० जनाको स्वाब संकलन गरिएकोमा १२३४ जनाको रिपोर्ट आएको हो। जसमा १९ सांसद, १ सय ४१ जना कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकारमा संक्रमण देखिएको हो।
योसँगै हालसम्म २६ सांसदमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएका सांसद यी हुन्–
- मुकुन्द न्यौपाने
- मायादेवी न्यौपाने
- पार्वती डिसी चौधरी
- राजेन्द्रप्रसाद गौतम
- नन्दलाल रोका क्षेत्री
- लालबाबु पण्डित
- लक्ष्मणलाल कर्ण
- नरमाया ढकाल
- महेश बस्नेत
- रामबाबु यादव
- गोपालबहादुर बम
- नमीता कुमारी चौधरी
- शान्तिमाया तामाङ
- विना कुमारी श्रेष्ठ
- रेनुका गुरुङ
- जुलीकुमारी महतो
- रघुवीर महासेठ
- किसान श्रेष्ठ
- सुरेशकुमार राई
- पुष्पाकुमारी कर्ण कायस्थ
- भानुभक्त ढकाल
- बीना मगर
- भरतकुमार शाह
- प्रमोद शाह
- दिपकप्रकाश भट्ट
- झलनाथ खनाल