भक्तपुर, २७ वैशाख २०७८ । भक्तपुरको छालिङ्गमा आज कोरोना संक्रमणबाट एकको मुत्यु भएको छ ।
यो संगै काठमाडौं उपत्यकामा आज थप ३ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज काठमाडौंमा २ हजार ७७५ जना, भक्तपुरमा ३२७ जना र ललितपुरमा ५०५ जनामा संक्रमण देखिएको हो । पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै सक्रिय संक्रमितको संख्यामा २९ हजार ७१ रहेको छ ।
काठमाडौंमा हालसम्म निको भएकाहरुको संख्या १ लाख १७ हजार ८२८ रहेको छ भने ८६३ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या १ लाख ४७ हजार ७६२ पुगेको छ ।
त्यस्तै, भक्तपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ४ हजार ११२ रहेको छ । भक्तपुरमा हालसम्म निको भएकाहरुको संख्या १० हजार १६९ रहेको छ भने १७६ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म भक्तपुरमा मात्रै कोरोना संक्रमितको संख्या १४ हजार ४५७ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
यसैगरी, ललितपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ६ हजार २८० रहेको छ । ललितपुरमा हालसम्म निको भएकाहरुको संख्या १८ हजार २६९ रहेको छ भने २४७ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म ललितपुरमा मात्रै कोरोना संक्रमितको संख्या २४ हजार ७९६ पुगेको छ ।