काठमाडौं, २७ वैशाख २०७८ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभामा विश्वासको मत पुर्याउन असफल भएका छन् ।
उनले सोमबार प्रतिनिधि सभामा प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावका पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ मत परेको छ । यस्तै तटस्थमा १५ मत परेको छ । जसपाका महन्त ठाकुर र राजेन्द्र महतो पक्षधर सांसदहरु तटस्थ बसेका थिए । उनलाई आफ्नै दल नेकपा एमालेका माधव नेपाल र झलनाथ खनाल समूहले मत दिएनन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले र दोस्रो प्रतिपक्षी माओवादी केन्द्रलेसमेत प्रधानमन्त्री ओलीलाई विश्वासको मतको पक्षमा मत नदिएको हो ।
यसैगरी जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराइ समूहले विश्वासको मतको विपक्षमा मतददान गरेको छ ।
बानेश्वरस्थित संसद भवनमा भएको मतदानका लागि कोरोना संक्रमित सांसदहरुलाई छुट्टै व्यवस्था गरिएको थियो ।