काठमाडौं । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४४४ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार ४४४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख १६ हजार ४६३ पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५ सय १७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २० हजार ७८६ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २६ लाख ९३ हजार ०८८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय ६८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार २५२ पुगेको छ ।