भक्तपुरका पत्रकार ढकाललाई आर्थिक सहयोग

0
1040

भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले कोरोना संक्रमित पत्रकार हेमराज ढकाललाई बिहिवार स्वास्थ्य सामग्रीसहित आर्थिक सहयोग प्रदान गरेको छ ।

ढकाललाई नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिबाट प्राप्त नगद १० हजार, पत्रकार निशा ओलीबाट प्राप्त ५ हजार र महासंघ भक्तपुर शाखाको तर्फबाट ५ हजार गरी २० हजार नगद सहयोग गरेको जिल्ला अध्यक्ष जगतकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

पत्रकार ढकाल घरमै स्वास्थ्यलाभ गरिरहेकोले उहाँको भाइमार्फत सहयोग प्रदान गरिएको अध्यक्ष प्रजापतिले बताउनुभयो । पत्रकार ढकाललाई माक्स, स्यानिटाइजरलगायतका सामग्री प्रदान गरिएको थियो । पत्रकार ढकाल महासंघ भक्तपुरका सहसचिव समेत हुनुहन्छ ।

कोरोना संक्रमण भएपछि ढकालले भक्तपुर अस्पतालको हाई केयर युनिटमा उपचार भएको थियो । स्वास्थ्य स्थित गम्भिर बन्दै गएपछि उहाँलाई नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको आईसीयुमा थप उपचार भएको थियो । उहाँ हाल डिस्चार्ज भई घरमै स्वास्थ्यलाभ गरिरहनुभएको छ ।

यसैगरी नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको पत्रकार कल्याण कोषमा मध्यपुर थिमि ४ का स्थानीय सिद्धि श्रेष्ठले नगद ५ हजार सहयोग गर्नुभएको महासंघका अध्यक्ष प्रजापतिले जानकारी दिनुभयो ।