आज हिन्दुहरुको बिशेष दिन

0
1440

काठमाडौं,३१ वैशाख २०७८ । आज हिन्दुहरुको बिशेष दिन अक्षय तृतीया । यस दिन विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ । यस दिनलाई हिन्दु पञ्चांग तथा शास्त्रहरुमा सम्पूर्ण कर्महरु गर्नको लागी शुभ साइतको रुपमा लिइन्छ ।

ज्योतिषशास्त्रका अनुसार अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहन्छन् । यसकारण यो दिन पञ्चांग नहेरी पनि कुनै पनि शुभकार्य गर्न सकिन्छ । शास्त्रका अनुसार यो दिन स्वयंसिद्ध मुहूर्त हो । विवाह, गृहप्रवेश, पदभार ग्रहण, सुन खरीद, नयाँ सामान खरीद, सवारी साधन खरीद, भूमि पूजा तथा नयाँ व्यापारका लागि यस दिन अति उत्तम हुने विश्वास गरिन्छ ।

यस दिनलाई बिशेष दिनको रुपमा गणना गर्नुको खास कारण हिन्दु आख्यानहरुका अनुसार सत्य युगको शुभारम्भ यसै दिनबाट भएको थियो । इसापूर्व ५३०० मा सत्य युगको शुभारम्भ यसै दिन भएको हुँदा यस दिन गर्ने कर्मबाट अक्षय फल मिल्ने बिश्वास गरिन्छ ।

यस दिन हिन्दुहरु सातु र सर्वत खाएर तथा दान गरेर पूण्य कमाउने गर्दछन् । हिन्दु उपनिषदमा लेखिएको छ ( शरीरमाद्यं खलु धर्मसाधनम ) शरीर रहे नै धर्म गर्न सकिन्छ । सबैभन्दा महत्वपूर्ण शरीरलाई निरोगी बनाउनु हो ।