काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीलाई दोहोर्याउँदै मन्त्रिपरिषद् गठन गरेका छन् ।
उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्याएका हुन् । साथै उनीहरूले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
आज राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।
उपप्रधानमन्त्री र मन्त्रीहरुलाई राष्ट्रपतिले सपथ गराइन् भने राज्य मन्त्रीलाई प्रधानमन्त्री ओलीले पद तथा गोपनियताको सपथ गराएका थिए ।
को को भए मन्त्री ?
- ईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्यालय
- रामबहादुर थापा बादल, गृह
- टोपबहादुर रायमाझी, उर्जा
- विष्णु पौडेल, अर्थ
- प्रदिप ज्ञवाली, परराष्ट्र
- हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
- लेखराज भट्टर, उद्योग, बाणिज्य तथा आपूर्ति
- कृष्णगोपाल श्रेष्ठ, शिक्षा
- प्रभु साह, सहरी विकास
- भानभुक्त ढकाल, पर्यटन
- मणिचन्द्र थापा, खानेपानी
- पद्मा अर्याल, कृषि
- बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
- गौरीशंकर चौधरी, श्रम, रोजगार
- पार्वत गुरुङ, सञ्चार
- शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
- लिलानाथ श्रेष्ठ, कानून
- गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
- प्रेमबहादुर आले, वन
- जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
- दावा लामा तामाङ, युवा तथा खेलकुद
राज्यमन्त्रीहरु
- नवराज राउत, स्वास्थ्य तथा जनसंख्या
- रामवीर मानन्धर, सहरी विकास
- विमला विक, उद्योग, बाणिज्य तथा आपूर्ति