भक्तपुर,१ जेठ २०७८ । आज अन्तराष्ट्रिय परिवार दिवस, हेरक वर्ष मे १५ को दि विश्वव्यापी रुपमा मनाइन्छ । परिवारको स्वास्थ हेरविचार तथा परिवारको एकताको महत्तत्वहरुका साथ मनाइन्छ ।
संयुक्त राष्ट्रसंघले सन् १९९४ लाई परिवार वर्षको रुपमा घोषणा गरे यता विश्वभर परिवार, व्यक्ति, समाज र संस्कृतिको महत्व दर्शाउन संयुक्त राष्ट्रसंघले शुरु गरेको अभियानलाई विश्वव्यापीरुपमा मनाउने गरिएको छ । सन् १९९५ देखि भने हरेक वष यो दिवस मनाउने गरिएको छ ।
विश्वका धेरै क्षेत्रमा परिवारको संरचना र स्थायित्वमा प्रभाव पार्दै आएको सामाजिक, आर्थिक संरचनामा परिवर्तन गर्ने उत्तरदायित्व स्वरुप परिवार दिवस मनाउने गरिएको हो ।
यो वर्ष कोरोना भाइरसको कारण विश्व नै भाइरसको शिकार भएकोले विश्व परिवार दिवस दिवसका गतिविधिहरु बन्द गरेको छ । यो समय परिवार संगै बस्ने भएकोले पनि अझ परिवार प्रति माया सद्भावका साथ कोरोना भाइरस संगै लड्नका लागि परिवारका सम्पुर्ण सदस्यहरु एकजुत भएर लागे पकै जीत हुने कुरा आशाबादी छौं । यो वर्ष अन्तर्राष्ट्रिय परिवार दिवस घरमै वसेर कोरोना संगको लडाइ सगै दिवस मनाउन हार्दिक शुभकामना व्यक्त गर्दछु ।