ललितपुर,१ जेठ २०७८ । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज तानिने । हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलनानुसार अपराह्न तानिँदै छ ।
पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट लगभग १५ देखि २५ मिटर परसम्म मात्रै रथ तानेर विधि पुर्याइने छ । आज अपराह्न रथ तानिने जानकारी प्राष्त भएको छ । आज विहान साङ्केतिक रुपमा रथ विहानीको नित्य पूजा पछि हल्लाइ हल्लाएको थियो ।
ललितपुर महानगरपालिकाले उपलब्ध गराएको स्वास्थ्य सामग्री प्रयोग गरी सामाजिक दूरी कायम गराएर रथ तानिने छ । । मुलुकमा पहिलो लहरको कोरोना महामारी आउनुपूर्वको वर्ष आजका दिनमा लोकेश्वरको रथ तानेर गाःबहाल लगिने गरिन्थ्यो ।