नगरकोटमा पानीमा डुबेको अवस्थामा शव फेला

0
1065

भक्तपुर, २ जेठ २०७८ । चाँगुनारयाण नगरपालिका वडा नं. ६ नगरकोटमा वालबन बालखोला स्थित एक पुरुषको पानीमा डुबीरहेको अवस्थामा मृत फेला परेको छ ।

जेठ १ गते वालखोला स्थितमा एकिन नाम थर नखुलेको अन्दाजी ३० को पुरुष व्यक्ति घोप्टो परी अनुहार पानीमा डुबीरहेको अवस्थामा मृत फेला परेको हो । प्राप्त सूचना अनुसार महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रारम्भिक अनुसन्धान कार्य गरी मृतकको शव पोष्टमार्टमको लागी काठमाण्डौ मेडिकल कलेज दुवाकोट लगेको छ ।

हाल सम्म मृतक शव पहिचान हुन नसकेको जानकारी प्राप्त भएको छ । भक्तपुरको महानगरीय प्रहरी परिसर थप अनुसन्धानमा लागिरहेको डिएसपी एवं सूचना अधिकारी दिपक गिरीले जानकारी गराउको छ ।