नेमकिपाका पुर्व वडा अध्यक्ष दुलालको निधन

0
1197

भक्तपुर,२ जेठ २०७८ । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ साविक सुडाल गाविस वडा नम्वर ९ का तात्कालिन वडा अध्यक्ष बद्री प्रसाद दुलालको निधन भएको छ ।

तात्कालिन सुडाल गाविस वडा नम्वर ९ को स्थानीय निर्वाचनमा उहाँ दुई पटक निर्वाचित हुनु भएको थियो ।
२०४९ र २०५४ को स्थानीय निर्वाचनमा उहाँ वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।
लामो समय राजनीतिमा नै जीवन ब्यतित गर्नु भएको उहाँ पछिल्लो समय पक्षयघातको सिकार भई विरामी रहनुभएको थियो ।
२००७ सात साल ४ महिन ३१ गते जन्मनुभएका दुलाल ७१ वर्षको उमेरमा जेठ दुई गते विहान आठ बजे आफ्नै निवासमा स्वर्गवास हुनुभएको हो ।

उहाँको पार्थिव शरिरलाई आइतवार नै अत्यस्टी गरिएको छ । उहाँका ३ छोरा र श्रीमती हुनुहुन्छ ।

उहाँको निधन प्रति नेपाल मजदुर किसान पार्टी सुडाल कमिटिले सोक ब्यक्त गरेको छ ।