पेट्रोलियम पदार्थमा मुल्यवृद्धि

0
1063

भक्तपुर, २ जेठ २०७८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २ – २ रुपैयाँ मूल्यवृद्धि गरेको हो।

निगमका अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाको मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।

बृद्धि भएको मुल्य आज (आइतबार) राति १२ बजेपछि लागु हुनेछ । आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।