चाँगुमा तास खेलिरहेको अवस्थामा ७ पक्राउ

0
1101

भक्तपुर ,४ जेठ २०७८ । चाँगुनारायण नगरपालिका–४ चाँगुछाप बस्ने मिना तामाङको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय अरुण गुरुङ लगायत ७ जनालाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ ।

मिनाको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८२ हजार रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

हाल फरार मिनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।