भक्तपुर ४ जेठ २०७८ । बालिकालाई बलात्कार गरेका अभियोगमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङ्गबाट ५५ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ ।
आफ्नै गाईगोठमा काम गरिरहेका अवस्थामा आफूलाई बलात्कार गरिएको बालिकाले परिवारलाई भनेपछि परिवारको उजूरीका आधारमा प्रहरीले आज उनलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी परिसरले जानकारी गराएको छ ।