भक्तपुर, ६ जेठ २०७८ विहिबार । वाग्मती प्रदेशमा बिहीबार सम्पन्न राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । अन्तिम मतपरिणाम अनुसार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमालें)को तर्फबाट उम्मेद्वार बनेका राम बहादुर थापा बादललाई हराउँदै विपक्षी गठबन्धनका उम्मेद्वार डा. खिमलाल देवकोटा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेकै माधव कुमार नेपाल र झलनाथ खनालको समूहले साझा उम्मेद्वार बनाएका डा. देवकोटाको कुल मतभार ५ हजार ८८ रहेको छ भने सत्तारुढ दल एमालेका उम्मेद्वार बादलको मतभार ४ हजार १४ रहेको छ । त्यसैगरि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट उम्मेद्वार बनेका कृष्णकुमार तामाङले १३२ मतभार ल्याएका छन् ।