भक्तपुर, २०७८ जेष्ठ ६ बिहिवार । राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा डा. खिमलाल देवकोटा निर्वाचित भएका छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै उनी निर्वाचित भएका हुन् ।
उनले ५०८८ मत पाए । उनका निकटतम प्रतिद्वन्दी रामबहादुर थापाले ४०१४ मतभार पाएका छन् ।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षका देवकोटा प्रतिपक्षी दलका साझा उम्मेदवार रहेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले उनलाई समर्थन गरेको थियो ।