भक्तपुर,६ जेठ २०७८ । यो महामारीको समयमा मान्छेको मुत्युको खबर नौलो त होइन । तर मुत्युलाई यसरी सजाएको छ कि सामाजिक संजालमा कतै आफैले फोटो पोष्ट् गयो भनि पनि समवेदन भनेर आउँला कि भनेर डर मान्नु पर्ने अवस्था आइसकेको छ ।
अहिले अक्जिनको अभाबमा मान्छेको मुत्युको खवरले स्तब्ध बनाइरहेको छ । यो संम्बेदनशील अवस्थामा अब कसरी कोरोना संक्रमितहरुलाई जोगाउने हो भनि चिन्ता व्यक्त गर्नु स्वभाविकै हो । विश्वमा हजारौं मान्छे दैनिक रुपमा मरिरहेका छन् । कोरोनाले न त धनी, न मन्त्र , न गरिव अहः कसैलाई पनि छुट दिएन । यतिबेला पत्रकार, कलाकालर ,जनप्रतिनिधि , लगायत आम मान्छेको मुत्यु दिनहुँ भईरहेको छ । यस्तो अवस्थामा परिवार प्रति सहानुभुति त पकै दिनु पर्छ नै । यस्तो अवस्थामा घर बाहिर निस्कन समेत मुस्किल भएको अवस्थामा भेटेर साहनुभुति दिने परिस्थिति छैन । त्यसकारण सबैले सामाजिक संजाल मार्फत नै समबेदन व्यक्त गरिरहेको दैनिकि रुपमा सामाजिक संजालमा आइरहेको हुन्छ ।
यस्तो महामारी विचमा समबेदना व्यक्त गरेको सन्र्दभमा भने अहिले मान्छेमा नकारात्मक असर परिहेको छ । समाजमा यति बेला कोहि न कोहिलाई कोरोना लागेकै छ । यस्तो अवस्थामा उनीहरु एकान्तबासमा बसिरहेको पनि छ । न कोहि संग कुरा गर्न मिल्छ न कतै जान नै पाउँछ । यस्तो अवस्थामा साथी भन्नु नै सामाजिक संजालन भएको छ । उनीहरु दिन भर सामाजिक संजालमा हेरिहेको हुन्छ तर सामाजिक संजाल भरि समबेदनको पोष्ट्हरु आइरहँदा अनिहरुलाई कस्तो हुन्छ उनीहरुको मनोविज्ञान बारे हामी अब बुझ्ने कि नबुझने भन्ने प्रश्न हामीमा नै आउँछ ।
यति मात्र होइन कोरोना साथीभाई, नातागोता , आमाबुवालाई पनि लागेको छ । आफुलाई नलागेपनि आफ्नो साथीभाई आमाबुवा छिटै निको भएर घर फर्किने आशामा बासिरहेको पनि हुँन्छ यस्तो घण्डीमा श्रद्धान्जलि राखेर सामाजिक संजालमा पोष्ट् गरेपछि कोरोना लागेका लागिमात्र होइन कि नलागेको मान्छेको समेत मनोबल कम्जोर भएर आउँछ ।
यतिमात्र होईन सामाजिक संजालमा व्यक्तिको फोटो समेत पोष्ट गरेर अझ त फलानोलाई कोरोना लागेर मुत्यु भएको अवस्था भनेर लेखेर समबेदना दिने पनि नभएको होइन यसबाट परिवार जनमा कस्तो असर पर्छ यो हामीले सोच्दै सोचेनौं । दुःखको समयमा साथ दिने भनेर झन दुःखी टुल्याउने काम अहिले भइरहेको छ । सम्पुर्ण व्यक्ति अहिले पत्रकार सरी भएको छ । लाल संगै आफु बसेर मानौं कुनै सेलिबेति संग फोटो खिचेझै फनानो मरेको अवस्था भन्दै फोटो पोष्ट् गरेको पनि पाइयो ।
यस्तो अवस्थामा मानिसको मुत्युको खबर समेत सुन्न गाह्रो भइरहेको छ । आफ्नो मान्छे बिरामी भइरहेको अवस्थामा र आफ्नो उमेर पुगेका हजुरबाआमाको मायालाग्दो अनुहार सम्झिदा मनमा चिसो परेको समयमा यसरी सामाजिक संजाल भरि समबेदन श्रद्धान्जलिको बर्षाले मान्छेको अवस्था कस्तो हुन्छ । अब पनि हामीले सोचेनौ भने भोलि तपाई हाम्रो पनि यस्तो दिन नआउला भन्न सकिन्न ।
त्यसैले हामीले अरुलाई हौसाल दिलाउने कार्य गरौ , हुँन त मान्छको मुत्यु हाम्रो लागि नौलो कुरो त होइन तर यो कोरोनाको महामारीमा कयौं मानिसहरु अस्पतलमा जीवन मुत्यु संग लडिरहेको छ , कति घरमै बसेर कोरोना संगको लडाइमा जुतिरहेको छ । कति आफ्ना आफ्नो गुमाएर सोखमा बसिरहेको छ । अनि एउटा अक्सिजन नपाएर भौतरिरहेका छन् । यस्तो समयमा एक गाँस खान पनि कोरोना भन्दा पनि भोकले मरिरहेको अवस्था छ । यस्तो समयमा हामिले मुत्युलाई प्रचार गरेर बाच्ने आशामा बसेकाहरुको बारे हामीले सोचौं । सामाजिक संजालमा अब समबेदना आतंकलाई रोकौं ।