ओलीको १५३ सांसद र देउवाको १४९ सांसदको हस्ताक्षरको दाबी, अलमलमा राष्ट्रपति कार्यालय

0
832

काठमाडौँ। नयाँ सरकारका लागि प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेता शेरबहादुर देउवाले दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले संसद्मा रहेका १५३ सांसद आफ्नो पक्षमा रहेको भन्दै दाबी प्रस्तुत गरेका हुन भने देउवाले पनि काँग्रेस ६१, एमालेको माधव नेपाल समूह २७, जनता समाजवादी उपेन्द्र यादव समूह १२ तथा माओवादी केन्द्र ४८ र राष्ट्रिय जनमोर्चाका १ सांसदले हस्ताक्षर गरेर १४९ सांसदले आफूलाई समर्थन गरेको भन्दै प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

तर प्रधानमन्त्री ओलीले जसपाका ३२ र नेकपा एमालेका १२१ जना सांसद आफ्नो पक्षमा रहेको बताएपछि राष्ट्रपति कार्यालय नै अलमलमा परेको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६९५० बमोजिम प्रधानमन्त्री पदको लागि दाबी गर्नु भएको छ। ‘दाबी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको छ’, रिमालले भने।

देउवाले दाबी गरे अनुसार माधव नेपाल समूहका ६ जना सांसदहरूले देउवालाई समर्थन नरहेको प्रचारबाजी गरिएको छ। जसमा योगेश भट्टराई, घनश्याम भुसाल, गणेश पहाडी, जयकुमार राई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टको नाम आएको भए पनि त्यस विषयमा उनीहरूले आधिकारिक रूपमा कुनै धारणा सार्वजनिक गरेका छैनन्। उनीहरूले माधव नेपालले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको भन्दै आपत्ति जनाएको प्रचारमा आएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठन गर्न दिएको समयभित्रै पाँच बजेसम्म मात्रै हो। अ