काठमाडौंमा १७५२ सहित देशभर ८६०७ कोरोना संक्रमित थपिए

0
1100

भक्तपुर, ७ जेठ २०७८ शुक्रबार । आज भक्तपुरमा २९४ सहित देशभर ८६०७ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै आज काठमाडौंमा मात्रै १७५२ संक्रमित थपिएका छन् भने ललितपुरमा ४०० जना र भक्तपुरमा २९४ जना कोरोना संक्रमित थपिएका हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ८६०७ कोरोना संक्रमित थपिएको हो ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको हो । साथै संक्रमणमुक्त ७८९० जना भएका छन् । हाल नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । यस क्रममा निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ । यस्तै मृतकका संख्या ६ हजार नाघेको छ । हाल देशभर सक्रिय संक्रमित १ लाख १६ हजार नाघेका छन् भने मृतकको संख्या ६ हजार २४ पुगेको छ ।