आजको मौसम

0
1125

काठमाडौं । आजको मौसमको पुर्वानुमान महाशाखाले तीन दिन सम्मको मौसम पूर्वानुमान गरेको छ । अहिले बंगालको खाडीमा रहेको यास नाम गरिएको चक्रबातको आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसले नेपालमा पनि असर परेको जानकारी गराएको छ ।

महाशाखाका अनुसार आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। न्यूनचापीय प्रणालीको असरका कारण हाल प्रदेश नं १ र प्रदेश नं २ का साथै देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ । यसैगरी, आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति भने प्रदेश १, बाग्मती, तथा प्रदेश २ मा सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहने छ। यस्तै, प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।