चीनले थप १० लाख डोज खोप अनुदान दिने

0
108

काठमाडौं । चीनले नेपाललाई अनुदान सहित थप १० लाख डोज खोप दिने भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सि चिनफिङसँग फोन वार्ता गरेकी थिइन् ।

सो वार्तापछि चीनले नेपाललाई १० लाख डोज खोप अनुदान दिने भएको हो । यसअघि चीनले नेपाललाई ८ लाख डोज खोप अनुदान स्वरुप उपलब्ध गराइसकेको छ ।

नेपाल स्थित चिनियाँ राजदुत हाव यान्छीले चीनले नेपाललाई १० डोज खोप अनुदान स्वरुप उपलब्ध गराउने बताएकी हुन् ।चिनियाँ सरकारी स्वामित्वको फार्मास्युटिक कम्पनी सिनोफार्मले उत्पादन गरेको (भेरोसेल)खोप यसअघि चीनले नेपाललाई उपलब्ध गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here