काठमाडौं १५ जेठ, २०७८ शनिबार । आज गणतन्त्र दिवस । मिति २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २०६२-६३ को आन्दोलबाट प्राप्त संविधानसभाको पहिलो बैठकले गणन्त्रको घोषण गरेको हो ।
दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।
गणतन्त्रलाई जनता विजय भएको पर्वको रुपमा मनाउन आग्रह गरिए पनि कोरोना महामारीका कारण अक्सिजन समेत नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाका कारण जनतामा उत्साह छैन ।
महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टसहित कोभिड–१९ विरुद्धको लडाइमा अग्रपङक्तिमा खटिएर काम गर्नेहरुप्रति उच्च सम्मान गर्दै सङ्क्रममणलाई फैलन नदिन सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड तथा निर्देशनको पालना गर्न सबैमा हार्दिक अनुरोध गर्दछु ।
साथै यस अवसरमा गणतन्त्र स्थापनाको लागि विभिन्न कालखण्डमा भएका संघर्षमा आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने सम्पूर्ण सहिदहरूप्रति श्रद्धासुमन अर्पण गदृछु । यस समयमा सबैले आ-आफ्नो ठाउँमा कोरोना भाइरस विरुद्धमा सरिक भएर लागौं यहि गणनन्तत्र दिवसको सम्पुर्णमा हार्दिक शुभकामना ।