भक्तपुर , १५ जेठ २०७८ शनिबार । श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था गरेको जानकारी गरेको छ । यस्तै सरकारले पत्रकारलाईल देशको सम्पुर्ण सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने भएको छ ।
साथै नेपाल पत्रकार महासङ्घको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा समेत गरेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले पत्रकारको क्षमता विकासका लागि आगामी वर्ष आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गरिने जनाएको छ ।