शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड विनियोजन

0
1133

काठमाडौं १५ जेठ २०७८, शनिबार । सरकारले शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अर्थमन्त्री विष्णु पौडेलले सो बजेट विनियोजन गरेको जानकारी दिए।

उनले शिक्षा अन्तर्गत आगामी वर्ष शैक्षिक नतिजाका आधारमा अनुदान दिइने, १ हजार ५ सय सामुदायिक विद्यालयको भवन र क्याम्पसको भवन बनाइने, भर्नादरलाई शतप्रतिशत पुर्‍याउने, शिक्षक दरबन्दी मिलान गर्ने, २ वर्षभित्र विद्यालयमा इन्टरनेट पुर्‍याउने, कक्षा ९ सम्मको पाठयपुस्तक रंगीन गर्ने कार्यक्रम रहेको सार्वजनिक गरे।