कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना सहित नेपाली कांग्रेसले ३८ स्थानमा एकै साथ दिप प्रज्वलन कार्यक्रम गरिन

0
1054

भक्तपुर, १९ जेठ २०७८ बुधबार । कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना सहित नेपाली कांग्रेसले ३८ स्थानमा एकै साथ दिप प्रज्वलन कार्यक्रम गरिने भएको छ ।

उत्त पाटीले कोरोनाबाट संक्रमित भएका सम्पुर्ण नेपालीहरुमा शिग्र स्वास्थ्य लाभको कामना सहित दिप प्रज्ज्वल गर्न लागेको हो ।

कोरोनाबाट संक्रमित भई स्वास्थ्यलाभका साथ नेपाली कांग्रेसले भक्तपुरको ३८ वटै वडाहरुको स्थानीय मतमन्दिरमा एकै समयमा दिप प्रज्ज्वल गर्ने जानकारी गराएको छ ।

उक्त कार्यक्रम यहि जेठ २२ गते शनिबारको शुभ साइत पारि बिहान ७ बजे एकै समय दिप प्रज्ज्वलन गरिने नेता राजु पुरीले जानकारी गराएको छ । उक्त दिन सम्पुर्ण स्थानिय जनप्रतिनिधि ,पाटीका सदस्यहरु लयाएका भातृसंगठनका सम्पुर्ण समितिलाई सरिक हुन नेपाली कांग्रेस भक्तपुरले निर्देशन गरेको छ ।

नेपाली कांग्रेस भक्तपुर प्रतिनिधि सभा क्षेत्र न १ र २ का सभापति जीबन खत्री र नारायण खैमलीको सयुक्त बैठकबाट उक्त निर्णय भएको नेपाली कांगे्रसका नेता राजु् पुरीले जानकारी गराएको हो ।