निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याइने

0
1032

भक्तपुर, १९ जेठ २०७८ । भक्तपुर, ललितपुर र काठमाडौका प्रमुख जिल्ला अधिकारीको बैठकलेले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर भने खोल्न दिने निर्णय गरिएको भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईले बताएका छन् । किराना पसल र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको उनको भनाइ छ ।

सिडिओ भट्टाराईले यो बाहेक पनि निषेधाज्ञा केहि खुकुलो बनाउने निर्णय गरिएको खुलासा गरे । उनका अनुसार विकास निर्माणको काम खुला गरिएको छ । बिहान दिउसो नै श्रमिक राखेर काम सुचारु गर्न सकिनेछ । तर, निर्माण सामग्री राति मात्र ओसार्न पाइने उनले प्रष्ट पारे ।

बिकास निर्माणको काम मात्र होइन, मेकानिकल वर्कसपहरु पनि अब खुल्ने भएका छन् । राति ९ बजेदेखि विहान ९ बजेसम्म मेकानिकल वर्कसपहरु सञ्चालन गर्न दिइने र किसानलाई कृषी कार्यमा रोक नलगाउने तर स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गर्नुपर्ने बताइएको छ । यसबाट किसान र मजदुर वर्गलाई राहत हुने अपेक्षा गरिएको छ ।