भक्तपुरमा एक घरबेतीले कोठा भाडामा ५० प्रतिशत छुट दिदै

0
1392

भक्तपुर । कोरोना भाइरस र त्यसपछिको पटकपटकको निषेधाज्ञाकाका कारण कोठामा बस्नेहरुलाई भक्तपुरका एक घर वेटीले कोठा भाडामा ५० प्रतिशन छुटको दिएको छ ।

भक्तपुर कमलविनायकका करिब ११ परिवार राजु पुरीको घरमा कोठा भाडामा बस्दै आइरहेको हो । उनीहरु ज्याला मजदुरी गरि काम गर्ने घरबेती राजु पुरीले जानकारी गराएको छ । कोरोना महामारीको कारण आय आर्जन हुने ठाउँ छैन, अहिले आएर खानकै निम्ति पनि समस्या भएको हुँनानले मेलै कोठा भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरेको हो, घरबेती राजु पुरीले बताए ।

राजु पुरी समाज सेवामा पनि त्यतिकै सक्रिय व्यक्ति पनि हो । उनकै पहलमा अहिले छालिङ्गको मच्छेनाराय मन्दिरको सुधारका कार्यहरु भइरहेको पनि छ । सानै उमेरदेखि दुःख गरि विदेशसमेत बसेर आएको पुरीले त्यहि दुःखले अहिलेको घर बनाए कोठा भाडा समेत दिएको हो ।

महामारी विचमा पनि हामीले मानवता देखाउन सकेन भने त हामी मानिस भएको कुनै मतलबनै भएन, यस्तो अवस्थाकै समयलाई मैले कोठामा बस्नेलाई घरभाडामा ५० प्रतिशत छुत दिएको पुरीले बताए ।