नुवाकोट । कोरोना महामारीका विच कर उठाउन सरकारले निषेधाज्ञा खुकुलो गर्न खोज्नु डरलाग्दो भएको युवा नेता शैलेस श्रेष्ठले बताएका छन् । नुवाकोट काँग्रेसमा क्रियाशिल रहँदै आएका युवा नेता नेता श्रेष्ठका अनुसार निषेधाज्ञा कर उठाउनका लागि सहज गराउँदै लैजानु देशमा ठूलो संकट उत्पन्न गराउनु उनको धारण छ ।
हाल देशका गाउँ गाउँ सम्म पनि कोरोनाले जरो गाडी सकेको छ । यो समयमा कन्ट्याक्ट ट्रेसिङ गर्ने तथा जनताको स्वास्थ्य अवस्थाको विषयमा ध्यान दिनुपर्नेमा सरकार केवल आफ्नो दुनो सोझ्याउन मात्र लागि परेको उनको आरोप रहेको छ ।
यसरी सरकार गलत मार्गमा लाग्दा जनतालाई भने ठूलो आघात पुग्ने उनको भनाई छ ।
जनता आजको दिनमा उपचार पाउन नसकेर छटपटिएका छन् । कोरोनाले गाउँ गाउँ सम्म आफ्नो जरो गाडी सकेको छ यस्तो समयमा देशमा खोप सँग सँगै टोल टोलमा पिसिआर चेक अप गरेर यो रोग निर्मुलन गर्न लागि पर्नु पर्ने उनले बताए ।