आज विश्व वातावरण दिवस, औपचारिकतामा मात्र सिमित

0
914

भक्तपुर २२ जेठ २०७८ शनिबार । आज विश्व वातावरण दिवस । विगतका वर्षमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइने गरे पनि यस वर्ष औपचारिक कार्यक्रममात्र सिमित भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारीका कारण यो वर्ष औपचारिकतामा मात्र सिमित भउको हो ।

यस वर्षको विश्व वातावरण दिवसको नारा “सुरक्षित जीवनका लागि जैविक विविधता” रहेको छ । पर्यावरण प्रति विश्व जगतमा सचेतना जगाउने उद्देश्य अनुरुप संयुक्त राष्ट्रसंघको आव्हानमा सन १९७३ देखि प्रत्येक वर्ष ५ जूनमा विश्व वातावरण दिवस मनाइन्छ।