भक्तपुर,२२ जेठ २०७८ शनिबार । चाँगुनारायण नगरपालिकामा कोरोना विरुद्धको भेरोसिल खोपको पहिलो मात्रा यहि जेठ २५ गते देखि दिन लागेको हो ।
उक्त खोप ६० वर्ष देखि ६४ बर्ष सम्मका जेष्ठ नागरिकहरुलाई यहि जेठ २५ र २६ गतेका चाँगुनारयाण नगरापलिकाको सम्पुर्ण वडा स्वास्थ्य चौकीमा दिने चाँगुनारायण नगरपालिले जनाएको छ ।
उक्त खोप भने दुवाकोट स्वास्थ्य चौकी १ मा १८२ जना ,दुवाकोट स्वास्थ्य चौकीमा १८७ जना , झौखेल स्वास्थ्य चौकी १६६ जना ,चाँगु स्वास्थ्य चौकी १६३ जना , छालिङ्ग स्वास्थ्य चौकी २५२ जना , नगरकोट स्वास्थ्य चौकी १५३ जना , बागीश्वरी स्वास्थ्य चौकी १५३ जना, सुडाल स्वास्थ्य चौकी २०९ जना र ताथली स्वास्थ्य चौकीमा १६५ जना गरि जम्मा १६४८ जनाले पहिलो भेरोसिल खोप लाइने चाँगुनारयण नगरपालिकाले बताए ।
उक्त खोप लगाउन जेष्ठ नागरिकलाई नागरिकताको प्रमाण पत्र वा उमेर खुल्ने परिचय पत्र अनिर्वाय ल्याउन समेत नगरपालिकाले आग्रह गरेको छ ।