नेमकिपाले भक्तपुरको छ वटा अस्पताललाई स्वास्थ्य सामग्री वितरण

0
2032

भक्तपुर, २३ जेठ २०७८ आइतबार । नेपाल मजदुर किसान पार्टीको अनुरोधमा चिनिया कम्युनिष्ट पार्टीले प्रदान गरेको स्वास्थ्य सामग्री मध्ये आइतवार २१ हजार थान एन ९५ मास्क जिल्लाका रहेका छ वटा अस्पताललाई वितरण गरिएको छ ।

उक्त सामाग्री भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई ५-५ हजार र चाँगुनारायण अस्पताल चाँगु, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमि र सूर्यविनायक नगर अस्पताल जगातीलाई २-२ हजार थान एन ९५ मास्क वितरण गरिएको हो ।

कोभिडविरुद्घको लडाइँमा सहकार्य अन्तर्गत चिनियाँ कम्युनिस्ट पार्टीले सो मास्क नेमकिपालाई प्रदान गरिएको र नेमकिपाले महामारीमा अग्रपंक्तिमा बसेर लडिरहेका स्वास्थ्यकर्मीहरूको मनोवल उकास्ने उद्देश्यले विशेषतः अस्पताल प्रयोजनका निम्ति प्रदान गरेको छ ।