भक्तपुर । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जोय फाउण्डेशनले विभिन्न जिल्लाका २५ स्थानमा अक्सिजन कन्सन्ट्रेटर वितरण गरेको छ ।
भक्तपुर ,काठमाडौँ, ललितपुर, नुवाकोट, स्याङ्जा, म्याग्दी, गोरखा, सोलुखुम्बु, मनाङ, कास्की, बर्दिया, मकवानपुरका २५ स्थानमा १०० थान अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको हो ।
अधिकांश सरकारी स्वास्थ्य संस्था र स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्टे«टर वितरण गरिएको फाउण्डेशनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए। फाउण्डेशनलाई मिलरेपा ध्यान केन्द्र साँखुले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको जनाइएको छ ।