भक्तपुर २३ जेठ २०७८ आइतबार । भक्तपुर नगरपालिकाले कोरोनाभाइरस विरुद्धको चीनले उपलब्ध गराएको भेरोसेल खोपको पहिलो मात्रा लगाउन ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आग्रह गरेको छ ।
आफू बसोबार गर्ने वडा नजिकको खोप केन्द्रमा गई स्वास्थ्य मापदण्डको पालना गरी खोप लगाउन आग्रह गरेको छ । भक्तपुर नगरपालिकामा १० वटै वडामा जेठ २५ र २६ गते खोप लगाइँदै छ । खोप मङ्गलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाइनेछ ।
भक्तपुर नगरपालिकाले १ वडामा भक्तपुर बहुमुखी क्याम्पस, दुधपाटी ,२ वडामा जनज्योति पुस्तकालय नःपुखु ,वडा ३ मा पद्म स्कुलमा दिने छ भने त्यस्तै ४ वडामा तालाक्व , ५ वडामा भने वडा कार्यालयमै , ६ वडमा ख्वप कलेज देकोचा ,७ वडामा महेश्वरी मन्दिर परिसर , ८ वडामा ख्वप इन्जिनियरिङ कलेल लिवाली , ९ वडामा दत्तात्रय आधारभूत विद्यालय र १० वडामा भने बक्सिङ प्रशिक्षण हल कमलविनायमा खोप केन्द्रहरु रहेको छ ।
खोप लगाउन आउँदा उमेर खुलेको फोटोसहितको सरकारी कागजात सँगै लैजानुपर्ने छ ।