चाँगुनारायण र सुर्यविनायक नगरपालिकालाई दुई थान अक्सिजन कन्सन्ट्रेटर

0
992

भक्तपुर, २६ जेठ २०७८ बुधबार । भक्तपुर उद्योग वाणिज्य संघद्धारा चाँगुनारायण नगरपालिका तथा सूर्यविनायक नगरपालिकालाई २ २ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

उक्त अक्सिजन कन्सन्ट्रेटरहरु नगरपालिकाहरुले सञ्चालन गरेको आईसोलेसन केन्द्रमा उपचारार्थ उक्त समाग्रीले सहयोग गर्ने छ ।

दुई अलग अलग कार्यक्रमहरुमा चाँगुनारायण नगरपालिकाका मेयर श्री सोम प्रसाद मिश्र तथा सुर्यविनायक नगरपालिकाका मेयर श्री बासुदेव थापाले उक्त कन्सन्ट्रेटर भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री प्रदिप श्रेष्ठले हस्तारनतरण गरेको हो ।

कोभिड १९ को महमारीले ल्याएको संकटसीत जुध्न भक्तपुर उद्योग वाणिज्य संघको सहयोगले मद्दत र राहत मिलेको दुवै नगरपालिकाका मेयरहरुले बताए । संघको सहयोग तथा सद्भावका लागि वहाहरुले धन्यवाद दिनुहुँदै विश्वव्यापीरुपमा फैलिएको महामारी संग जुध्न यस किसिमका सहयोगले थप हौसला मिलेको कुरा पनि बताए ।

उक्त सहयोग भक्तपुर उद्योग वाणिज्य संघलाई अक्सिजन कन्सन्ट्रेटरहरु जोया फाउण्डेशन काठमाण्डौको सौजन्यबाट प्राप्त भएको थियो ।