भक्तपुर, ३० जेठ २०६८ आइतबार । भक्तपुरको आर्दश आजाद माविमा २०६१ सालको एस.एल.सी. दिएको समुहले आज फेरि आकस्मिक रक्तदान कार्यक्रमको अभियान गरेको छ ।
कोरोना भाइरसको महामारीमा रक्त अभाब भइरहेको समाचार आइरहँदा आर्दश आजाद माविबाट एस.एल.सी. दिएका पुर्व विद्यार्थीहरुको समुह (२०६१ साल ) ले भक्तपुरको कमलविनायमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
आज सम्पन्न रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेको थियो ।
यस भन्दा अधि भक्तपुर नगरपालिकालाई सहयोग
कोरोना भाइसर संक्रमण रोकथाम र नियन्त्रणका लागि भक्तपुर नगरपालिकबाट संर्चालनको लागि अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थापन गर्नकालागि नगरपालिकाबाट सहयोगको आह्रानमा आर्दश आजाद २०६१ व्याचबाट नगर रु ६९,३०० सहयोग गरेको थियो ।