खाल्डोमा डुबेर ताथलीमा एक बालकको मृत्यु

0
661

भक्तपुर ।  भक्तपुरमा खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने १० वर्षीय रोजन मछेको मृत्यु भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपक गिरीले मछेको खोजतलासको क्रममा घरको नजिकै रहेको सेतो बिएम ईट्टा भट्टाको कम्पाउण्डमा रहेको खाल्डोमा शव फेला परेको बताए।

पानी जमेको पोखरीमा बाँस छिराई पोखरीको पानी हल्लाउँदा मछेको शव पानीमा तैरिएको सूचना अधिकारी गिरीले जानकारी गराए।

शवलाई पोष्टमार्टमका लागी केएमसी अस्पताल दुवाकोट पठाइएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। राजु मछेको छोरा रोजन मछे शुक्रबार हराएका थिए।